सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

नेपालभ्युज

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर ९४ हजार ४ सय रुपैयाँ पुगेको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ। त्यसको मूल्य मंगलबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँ तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४७ डलर आसपास कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved