‘टीभीएस सिक्स प्राइज योजना’अन्तर्गत मानन्धरले जिते प्रोटोन साँगा कार

नेपालभ्युज

‘टीभीएस सिक्स प्राइज योजना’अन्तर्गत मानन्धरले जिते प्रोटोन साँगा कार

काठमाडौं। दशैं, तिहार र छठलाई लक्षित गर्दै टीभीएसले ल्याएको ‘टीभीएस सिक्स प्राइज सर्प्राइज योजना’अन्तर्गत विनोद मानन्धरले प्रोटोन साँगा कार जितेका छन्। ६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजनाअन्तर्गत ग्राहकहरूले टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल विभिन्न आकर्षक तथा भव्य उपहारहरु प्राप्त गरेका थिए।

यो योजना १६ भदौ २०७८ देखि शुरु भई १४ मंसीरमा समाप्त भएको थियो। यसै योजनाअन्तर्गत टीभीएस प्रोटोन कारका विजेता घोषणा भएको हो। बम्पर उपहारका विजेता मानन्धार भक्तपुरस्थित सल्लाघारीका हुन्। उनले योजना अवधिभित्र टीभीएस एनटर्क आरटी एफआई मोटरसाइकल खरीद गरेका थिए।

यसैगरी सकिन धोबी, रबिन्द्र दंगौरा, प्रज्ञा केसी, कुमार कार्की, राजकुमार खरेल, सरस्वति चन्द, कृष्ण प्रसाद भट्टराई र केशव कुमार रावलले सतप्रतिशत क्यासब्याक जितेको टीभीएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले जानकारी दिएको छ। यस्तै खड्कीमायाँ आङ्दाम्बे र बिना नेम्वाङले टीभीएस सिक्स प्राइजको सर्प्राइजअन्तर्गत आरआर ३१० जितेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved