मधेश प्रदेशमा राष्ट्रियसभा सदस्यको मतदान शुरु

मधेश प्रदेशमा राष्ट्रियसभा सदस्यको मतदान शुरु

जनकपुरधाम। मधेश प्रदेशमा दुईजना राष्ट्रिय सभा सदस्यको लागि मतदान शुरु भएको छ।

मधेस प्रदेशको राजधानी जनकपुरधाम महेन्द्रनारायण सांस्कृतिक प्रतिष्ठान भवनमा बिहान ९ बजेदेखि मतदान शुरु भएको मतदान अधिकृत पुष्पा झाले जानकारी दिइन्।

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता घटक पाँच दलको गठबन्धन छ भने नेकपा एमाले र लोकतान्त्रिक समाजवादी (लोसपा)बीच गठबन्धन छ। यो प्रदेशमा एकजना अन्य र महिला तर्फको गरी दुईजना पदको लागि निर्वाचन हुँदै छ।

पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र जसपाका महमद खालिदको उम्मेदवार छन्। यस्तै एमाले लोसपा गठबन्धनबाट अन्यतर्फ एमालेका उसमान अन्सारी र महिलातर्फ लोसपाकी रुपा यादव उम्मेदवार छन्।
गठबन्धन गर्ने बेला एमालेबाट महिला तर्फ उम्मेदवारी दिएकी एमालेकी विना देवी साहले उम्मदेवारी फिर्ता लिएकी थिइन्।

मधेश प्रदेशबाट शशिकला दाहाल र सुमनराज प्याकुरेलको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ।

यो प्रदेशमा १ सय ४ प्रदेशसभा सदस्य छन्। जसमा जसपा ३९, लोसपा १६, एमाले ८, कांग्रेस १९, एकीकृत समाजवादी १३, माओवादी ८ र नेपाल संघीय समाजवादी पार्टी १ छन्।

मधेसमा प्रदेश सभा सदस्यको मतभारअनुसार एमालेसँग मात्रै ३ सय ८४ मात्र छ।

यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जना छन्। जसअनुसार प्रदेश २ मा कुल मतभार ९ हजार ८ सय १६ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved