सीके राउतको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप, पाँच राउण्ड अश्रुग्यास प्रहार

सीके राउतको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप, पाँच राउण्ड अश्रुग्यास प्रहार

जनकपुरधाम। सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। जनकपुरधाममा राष्ट्रियसभा निर्वाचनको मतदानस्थलमा जनमत पार्टीका कार्यकर्ताहरू प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म पाँच राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

अहिले प्रदर्शनकारी मतदान स्थलबाट भागेका छन्। तर जनकपुरधामका विभिन्न ठाउँमा जनमत पार्टीका कार्यकर्ताहरूले प्रदर्शन जारी राखेका छन्।

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले आज विहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए।

किसान आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताहरुले आज विहानैदेखि जनकपुरमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

जनमत पार्टीले मधेशमा विगत एक महीनादेखि आन्दोलन गरिरहेको छ। तर पनि सरोकारवाला पक्षले माग पूरा गर्न चाँसो नदेखाई निर्वाचन गरिरहेकाले प्रदर्शन गरिरहेको छ।

‘‘किसानहरू चिसोमा हरेक दिन आफ्ना माग राखेर आन्दोलन गर्न सडकमा उत्रिन्छन्,’’ जनमत पार्टीका अध्यक्ष राउतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘तर त्यो चाहिँ तीनै तहको सरकारले नदेख्ने अनि मधेशमा आएर निर्वाचन गराउने ? काठमाडौंमा बोलाएर निर्वाचन गर्न लगाउनुस्, हामीलाई मतलब छैन । तर मधेश आन्दोलित छ । यहाँ पहिला खाद दैऊ, अनि मात्रै भोट खसाऊ ।’’

जनमत पार्टीले आज आफ्ना मागबारे जानकारी गराउँदै प्रदेश सरकारलाई ज्ञापन-पत्र बुझाउने जनाएको छ।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved