लुम्बिनीमा राष्ट्रियसभा सदस्यको मतदान शुरु

नेपालभ्युज

लुम्बिनीमा राष्ट्रियसभा सदस्यको मतदान शुरु

बुटवल। लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि मतदान शुरु भएको छ। आगामी २० फागुन गते १९ जना राष्ट्रियसभा सदस्यको कार्यकाल सकिने भएपछि आज निर्वाचन हुँदैछ। लुम्बिनी प्रदेशमा ३ सिट खाली हुने भएपछि हुन लागेको निर्वाचन अन्तर्गत दाङको घोराहीमा मतदान शुरु भएको हो।

कर्मचारी मिलन केन्द्रमा निर्वाचन हुने लागि प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ। लुुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको ४ बर्षे कार्यकाल सकिन लागेको हो। यी तीन सिटका लागि सत्ता गठबन्धन र नेकपा एमालेका उमेद्वार बिच प्रतिस्पर्धा हुने भएको छ। जसअनुसार गठबन्धनबाट नेपाली कांग्रेस बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाकोतर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा उम्मेदवार रहेका छन्।

उता एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार उम्मेदवार रहेका छन्। लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १५ जना गरी २९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ निर्धारण गरिएको छ। प्रदेश सांसदको मतभार तीन हजार आठ सय ८८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार तीन हजार आठ सय ७० रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved