खल्ती डिजिटल वालेट ५ औँ वार्षिकोत्सव मनाउँदै

खल्तीका २० लाख प्रत्यक्ष ग्राहक रहेका छन् भने लाखौं अप्रत्यक्ष प्रयोगकर्ता रहेका छन्। हाल नेपालका ९० प्रतिशत भन्दा बढी बैंक तथा वित्तीय संस्था खल्तीमा आबद्ध छन्।

नेपालभ्युज

खल्ती डिजिटल वालेट ५ औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं। खल्ती डिजिटल वालेटले आज ५ औँ वार्षिकोत्सव मनाइरहेको छ। खल्ती सन् २०१७ जनवरी २६ मा स्थापना भएको थियो।

दुर्गममा डिजिटल वित्तिय पहुँच पु¥याउने खल्तीको योजना रहेको छ। ५ वर्षको सफल यात्रामा साथ दिने सम्पूर्ण बैंक, मर्चेन्ट, डिलर तथा ग्राहकलाई खल्ती धन्यवाद दिएको छ।

खल्तीका २० लाख प्रत्यक्ष ग्राहक रहेका छन् भने लाखौं अप्रत्यक्ष प्रयोगकर्ता रहेका छन्। हाल नेपालका ९० प्रतिशत भन्दा बढी बैंक तथा वित्तीय संस्था खल्तीमा आबद्ध छन्।

रिचार्ज गर्न, इन्टरनेट, टिभीको बिल तिर्न, ईन्स्योरेन्सको प्रिमियम, सरकारी राजस्व भुक्तानी गर्नका साथै आन्तरिक उडानको टिकट किन्न, अनलाइन सपिङ साइटमा भुक्तानी गर्न र अन्य थुप्रै सेवाको डिजिटल भुक्तानीका लागि खल्तीको प्रयोग गर्न सकिने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved