बैंकले फेरि बढाए कर्जाको ब्याजदर 

नेपालभ्युज

बैंकले फेरि बढाए कर्जाको ब्याजदर 

काठमाडौं। बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर फेरि बढाएका छन्। गत असोजको तुलनामा पुसमा वाणिज्य बैङ्कहरूको आधार दर औसतमा करिब १ प्रतिशत बिन्दुले बढेको छ । दोस्रो त्रैमासमा आधार दर (बेस रेट) मा आएको वृद्धि अनुपातमा बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर वृद्धि गरेका हुन् ।

यही अनुपातमा वाणिज्य बैङ्कहरूको कर्जाको (नयाँ–पुराना दुवै) ब्याजदर बढेको बैङ्कहरूले बताएका छन्। सबै बैंकले समान अनुपातले ब्याजदर भने बढाएका छैनन्।

बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले केही बैंकले यही माघदेखि नै लागू हुने गरी ब्याजदर बढाएको र केहीले आउँदो फागुनदेखि बढाउने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved