भिजिट भिसाको दुरुपयोग नगर्न आग्रह

नेपालभ्युज

भिजिट भिसाको दुरुपयोग नगर्न आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भिजिट भिसाको दूरुपयोग नगर्न नेपाली नागरिकहरुलाई आग्रह गरेका छन्। गृहमन्त्री खाँणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसा दूरुपयोग गर्दा पनि नेपाली नागरिकहरुले तेस्रो मुलुकमा पीडा भोग्नु परेको बताए।

उनले भिजिट भिसामा गएर त्यसको दूरुपयोग गर्नेहरुमाथि कडा निगरानी राख्न पनि मातहतका निकायलाई निर्देशन दिए। गृहमन्त्री खाँणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ प्रयत्न गर्न सचेत गराए। उनले वैदेशिक रोजगारीमा गएकाहरु ठगीको चपेटामा पर्ने गरेको भन्दै उनीहरुको उद्दारमा पनि सरकार गम्भिरतापूर्वक लाग्ने बताए।

‘भिजिट भिसामा गएकाहरुले त्यहाँ श्रमिकको रुपमा काम गर्न थाले। त्यो पनि समस्या छ। अर्को कामका लागि गएका तर काम नपाएकाहरुको पनि समस्या छ।

बैठकमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएका नेपालीहरुमाथि बिचौलियाहरुले ठगी गरेको बताए। उनले कारबाहीका लागि अनुसन्धान गर्न छुट्टै प्रहरी युनिट परिचालनको व्यवस्था गर्न गृहमन्त्री खाँणसँग आग्रह गरे। उनले यूएईमा घरेलु कामदार महिलाहरुको समस्या ठूलो रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि गृह मन्त्रालयको सहयोग आवश्यक रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved