शेयर बजारमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

मंगलबार नेप्से सूचक ५.९२ अंकले घटेर २८१४.७४ बिन्दुमा अडिएको छ। पाँच अर्ब ३९ करोड रुपैयाँ बढीको मात्र कारोबार भएको छ।

नेपालभ्युज

शेयर बजारमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं। शेयर बजारमा मंगलबार सामान्य गिरावट आएको छ। कारोबार रकम पनि घटेको छ।

मंगलबार नेप्से सूचक ५.९२ अंकले घटेर २८१४.७४ बिन्दुमा अडिएको छ। पाँच अर्ब ३९ करोड रुपैयाँ बढीको मात्र कारोबार भएको छ।

सोमबार एकैदिन १०० अंकले बजार घटेका कारण पनि लगानीकर्ता पर्ख र हेरको परिस्थितिमा देखिएका छन्।

कारोबार अवधिभर बजार अनिश्चित जस्तो बनेर तलमाथि गरिरह्यो। बजार अनिश्चित बन्दा कारोबार रकम पनि प्रभावित भएको अनुमान गरिएको छ।

कारोबार खुलेको केही समयमै बजार करीब ४० अंकले घटेको थियो। नेप्सेमा मंगलबार कुल २२९ कम्पनीको ९७ लाख ८४ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्।

कारोबार रकमका आधारमा एसियन लाइफ इन्सुरेन्स अघि आएको छ। यसको २६ करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

जीवन बीमाबाहेक सूचीकृत सबै समूहमा गिरावट आएको छ। जीवन बिमा समूह भने ७२.१६ अंकले वृद्धि भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved