त्रिभुवन आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा

नेपालभ्युज

त्रिभुवन आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा । थ्री स्टार क्लबलाई पराजित गर्दै विभागीय त्रिभुवन आर्मी क्लब २०औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। पोखरा रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टारलाई आर्मीले १ ० ले हराएको हो ।

आर्मीबाट खेलको दोस्रो हाफमा वैकल्पिक खेलाडी राजीव गुरुङले निर्णाायक गोल गरे। प्रतियोगिताको सेमिफाइनलमा अब आर्मीले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ। आहा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved