सबै परीक्षा स्थगित गर्ने सीटीईभीटीको निर्णय

नेपालभ्युज

सबै परीक्षा स्थगित गर्ने सीटीईभीटीको निर्णय

काठमाडौं ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। अर्को सूचना जारी नहुञ्जेलका लागि सबै नियमित परीक्षा स्थगित हुने परिषदका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले बताए। कोरोना संक्रमण बढेकाले परीक्षा स्थगित गर्ने निर्णय गरिएको उनले बताए।

यसअघि त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, लोकसेवा आयोग लगायतले पनि परीक्षा स्थगित गरिसकेका छन्। ‘‘कोरोनाले परीक्षा स्थगित गर्नुपर्ने बाध्यता आइपर्‍यो, भोलि गोरखापत्रबाट सूचना पनि जारी गर्छौं,” उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved