वीरेन्द्रनगरका पर्यटकीयस्थल बन्द

नेपालभ्युज

वीरेन्द्रनगरका पर्यटकीयस्थल बन्द

सुर्खेत। कोभिड– १९ को ओमिक्रोन भाइरसको संक्रमण बढ्न थालेपछि वीरेन्द्रनगरका पर्यटकीयस्थल बन्द गरिएको छ। सुर्खेत उपत्यका नगर विकास समितिले अनिश्चित कालका लागि वीरेन्द्रनगरका मुख्य पर्यकीयस्थल बन्द गरेको हो। नगर विकास समितिले अर्को सूचना जारी नहुँदासम्म बुलबुले उद्यान, काँक्रेविहार र शहीद पार्क बन्द गरेको जनाएको छ।

समितिका सदस्य सचिव एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटा पर्यटकीयस्थलमा सार्वजनिक बिदाको दिनमा बाक्लो भीड हुने हुँदा संक्रमण फैलिन नदिन प्रवेशमा रोक लगाइएको बताए।

साथै मुख्य शक्तिपीठ देउतीबज्यै मन्दिरमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाई गरी पूजापाठ गर्ने व्यवस्था मिलाइएको छ। पछिल्लो तथ्यांक अनुसार सुर्खेतमा कोरोनाका ६०० सक्रिय संक्रमित छन्। तीमध्ये ८० प्रतिशत भन्दा बढी संक्रमित वीरेन्द्रनगर नगरपालिकाका रहेको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved