राप्रपाद्वारा विष्ट र प्याकुरेलका पक्षमा मतदान गर्न निर्देशन

नेपालभ्युज

राप्रपाद्वारा विष्ट र प्याकुरेलका पक्षमा मतदान गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश नंं १ मा पार्टीका उम्मेदवार अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न आग्रह गरेको छ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले पार्टीका आफ्ना मतदातालाई सो निर्देशन गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए। बैठकले अन्य प्रदेशमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदातालाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved