छ्याङ्दी हाइड्रोपावरको हकप्रद बिक्री खुला

कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ तीन कित्ता शेयरको अनुपात (१०ः३)मा प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ९३ लाख दुई हजार ५०० बराबरको आठ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयरकोे बिक्री खुल्ला गरेको हो।

नेपालभ्युज

छ्याङ्दी हाइड्रोपावरको हकप्रद बिक्री खुला

काठमाडौं। छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ।

कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ तीन कित्ता शेयरको अनुपात (१०ः३)मा प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ९३ लाख दुई हजार ५०० बराबरको आठ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयरकोे बिक्री खुल्ला गरेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत २० पुससम्म कारोबार भई कायम कम्पनीका शेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन्। जसका लागि कम्पनीले २१ पुसमा शेयरधनी दर्ता किताब बन्द अर्थात् बुकक्लोज गरेको थियो।

जसअनुसार २० पुससम्म कायम कम्पनीका शेयरधनीले हकप्रद शेयर खरिदका लागि आजदेखि आवेदन दिन पाउने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ।

शेयरधनीले नक्सालमा रहेको ग्लोबल आईएमई क्यापिटलको कार्यालय तथा ग्लोबल आईएमई बैंकको लमजुङका विभिन्न शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सी–आस्वा प्रणालीमार्फत शेयर दरखास्त फाराम बुझाउन सक्नेछन्।

त्यस्तै, अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हकप्रदमा बिक्री खुला भएको २१ दिनसम्म अर्थात् आगामी २ फागुनसम्म आवेदन दिन सकिने छ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आईआर बीबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ। रेटिङ अनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औसत जोखिममा रहेको भन्ने बुझिन्छ।

हाल २९ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी हकप्रद निष्काशन गरी बाँडफाँडपश्चात् ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved