त्रिनगर नाका हुदै नेपाल आएका ४ जनामा ओमिक्रोन पुष्टि

“कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पुष्टि गर्न काठमाडौं पठाइएको थियो,”  कार्कीले भने, “उनीहरुमध्ये ४ जनामा ओमिक्रोन पुष्टि भएको छ।”

त्रिनगर नाका हुदै नेपाल आएका ४ जनामा ओमिक्रोन पुष्टि

धनगढी। सुदूरपश्चिममा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ।

प्रदेशका ४ जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुरका दुई, बझाङ र डोटीका एकरएक जनामा संक्रमण पुष्टि भएको हो।

कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पूर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको बित्थडचिरका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको कार्कीले बताए।

‘‘कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पुष्टि गर्न काठमाडौं पठाइएको थियो,”  कार्कीले भने, ‘‘उनीहरूमध्ये ४ जनामा ओमिक्रोन पुष्टि भएको छ।”

संक्रमण पुष्टि भएका सबै त्रिनगर नाका भएर स्वदेश फर्केका नागरिक हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved