वडासचिव अवस्थीमाथि भएको आक्रमणको कर्मचारी युनियनद्वारा निन्दा

उपमहासचिव फुयालले राष्ट्रसेवक कर्मचारीलाई आस्था र अन्य कारण सामाजिक रुपमा गलत व्यवहार गर्नु गैह्रकानूनी कार्य भएको जनाउँदै यस्ता कार्य गराउनेलाई कारबाही गर्न सरकारसँग पनि माग गरेका छन्।

नेपालभ्युज

वडासचिव अवस्थीमाथि भएको आक्रमणको कर्मचारी युनियनद्वारा निन्दा

काठमाडौं। बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ८ का सचिव दत्तराम अवस्थीमाथि भएको घटनाप्रति नेपाल निजामति कर्मचारी युनियनले ध्यानाकर्षण भएको जनाएको छ।

युनियनका उपमहासचिव दुर्गाप्रसाद फुयालले आज एक विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेशको बझाङ बित्थडचिर गाउँपालिकामा राष्ट्रसेवक माथि भएको गम्भीर घटनामा नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

अवैधानिक रुपमा माग गरिएको चन्दा नदिएको र स्थानीय व्यक्तिगत रिसइबीको कारण वडासचिव अवस्थी लगायतलाई कार्यालयको कामकाजकै सिलसिलामा रहेको समयमा केही अवान्छित व्यक्तिहरुले सामूहिक सांघातिक आक्रमण गर्दै अमानवीय र अभद्र व्यवहार गरेको विज्ञप्तिमा जनाइएको छ।

उपमहासचिव फुयालले राष्ट्रसेवक कर्मचारीलाई आस्था र अन्य बैयक्तिक कारण सामाजिक रुपमा गलत व्यवहार गर्नु गैह्रकानूनी कार्य भएको जनाउँदै यस्ता कार्य गराउनेलाई कारबाही गर्न सरकारसँग पनि माग गरेका छन्।

साथै, उनले राष्ट्रसेवकलाई निष्पक्ष, तटस्थ, भयमुक्त र स्वतन्त्र रुपमा कामकाज गर्ने वातावरण कायम गर्दै आम राष्ट्रसेवकको जीउधनको सुरक्षा गर्न पनि युनियनको तर्फबाट माग गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved