ताप्लेजुङमा धान उत्पादन बढ्यो

नेपालभ्युज

ताप्लेजुङमा धान उत्पादन बढ्यो
फाइल तस्वीर

ताप्लेजुङ। ताप्लेजुङ हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष धान उत्पादन वृद्धि भएको छ।

विगतका तुलनामा यस वर्ष धान उत्पादन वृद्धि भएको हो। जिल्लाको नौ स्थानीय तहमा धान खेतीयोग्य आठ हजार ७३७ हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिएको थियो। खेतीबाट २२ हजार १७.२४ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका कृषि प्राविधिक सहायक केदार धितालले जानकारी दिए।

गत वर्ष आठ हजार ३०० हेक्टर क्षेत्रफलमा गरिएका खेतीमा २१ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष राम्रो वर्षा हुनुका साथै मौसम अनुकूल भएकाले धान उत्पादन वृद्धि भएको कार्यालले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved