क्यामरुनको रङ्गशालामा भागदौड, ६ जनाको मृत्यु

सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनु अगाडि सो भागदौड भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ।

नेपालभ्युज

क्यामरुनको रङ्गशालामा भागदौड, ६ जनाको मृत्यु

एजेन्सी। क्यामरुनको राजधानी सहर याओन्डेलको एउटा रङ्गशालामा भएको भागदौडमा ६ जनाको मृत्यु भएको छ।

एक दर्जनभन्दा बढी घाइते भएका छन्। सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनु अगाडि सो भागदौड भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ।

ओलेम्बी रंगशालको प्रवेशद्वारमा सो भागदौड हुँदा दुखद घटना भएको क्यामरुनको सरकारी सञ्चार माध्यम सीआरटीभीले जनाएको छ। अफ्रिकन फुटबल महासंघले घटनाप्रति चासो देखाएको छ । घटनाबारे क्यामरुन प्रहरीले अनुसन्धान सुरु गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved