विश्वमा कोरोना : ३५ करोड बढीमा संक्रमण

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २८ करोड नाघेको छ।

नेपालभ्युज

विश्वमा कोरोना : ३५ करोड बढीमा संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २८ करोड नाघेको छ। वल्डोमिटरका अनुसार १७ लाख ६३ हजार सङ्क्रमित निको भएसँगै कोरोना जित्नेको सङ्ख्या २८ करोड १५ लाख नाघेको हो।

अहिलेसम्म विश्वभर ३५ करोड ४४ लाखमा सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा मात्रै १८ लाख ९४ हजारमा सङ्क्रमण पुष्टि भएको छ।

यस्तै २४ घण्टामा ५ हजार ७ सयको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख २१ हजार नाघेको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले उल्लेख गरेको छ।

यूरोपमा ११ करोड ५० लाख, अफ्रिकामा १० करोड ७७ लाख, एसियामा ९ करोड ५१ लाख, उत्तर अमेरिकामा ८ करोड ५० लाख, दक्षिण अमेरिकामा ४ करोड ६० लाख र महासागरमा २४ लाख १८ हजारमा सङ्क्रमण पुष्टि भएको छ।

अझै पनि विश्वभर ६ करोड ७२ लाख सक्रिय सङ्क्रमित रहेकामा ९५ हजारको अवस्था जटिल छ र बाँकीको अवस्था सामान्य छ।
नेपालमा सक्रिय संक्रमितको संख्या मात्र ८२ हजार नाघेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved