गण्डकीमा ९ सय ४९ जना संक्रमित थपिए

नेपालभ्युज

गण्डकीमा ९ सय ४९ जना संक्रमित थपिए

पोखरा। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९४९ जना कोरोना संक्रमित थपिएका छन्। यस अवधिमा  १८६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालक केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए।

थपिनेमा कास्कीका ४५६, तनहुँका १००, लमजुङका ९६, पर्वतका ७८, स्याङ्जाका ७५ र म्याग्दीका ४९ जना छन् । त्यस्तै नवलपरासी पूर्वका ४७, गोरखाका ३५, बागलुङका नौ र मुस्ताङका चार जना रहेको निर्देशनालयले जनाएको छ। प्रदेशमा होम आइसोलेशनमा रहनेको सङ्ख्या पाँच हजार ६२३ जना रहेको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved