बुस्टर डोजको मनलाग्दी प्रयोगपछि भेरोसिल खोप वितरणमा रोक

नेपालभ्युज

बुस्टर डोजको मनलाग्दी प्रयोगपछि भेरोसिल खोप वितरणमा रोक

काठमाडौं। कोभिड १९ विरुद्धको भेरोसेल खोप जथाभावी लगाएको पाइएपछि सरकारले वितरण कार्यमा रोक लगाएको छ। सरकारले फ्रन्टलाइनमा काम गर्ने व्यक्तिहरुका लागि मात्र बुस्टर डोज लगाउन निर्देशन दिइएपनि त्यसविपरीत अन्य व्यक्तिले समेत बुस्टर डोज लगाइएको पाइएपछि भेरोसेल खोप वितरण कार्यमा कडाइ गरिएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा.सुरेन्द्र चौरसियाले बताए।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास र खोप कार्ड अनिवार्य भएपछि कोरोनाविरुद्धको खोप लगाउनेकोे संख्या अघिल्लो हप्ताभन्दा चार प्रतिशतले बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

‘‘फ्रन्टलाइनमा काम गर्ने धेरै व्यक्तिहरु खोप अभियानको पहिलो प्राथमिकतामा परेकाले उनीहरुले कोभिडशिल्ड खोप लगाएका थिए र बुस्टर पनि कोभिशिल्ड नै लगाए। तर कोभिडशिल्ड खोप लगाउनेको संख्यामा वृद्धि हुनुको साटो भेरोसेल खोप लगाउनेको सुंख्या निकै बढ्दै गएपछि निगरानी गर्दा पहिलो भन्दै तेस्रो डोज खोप लगाएको पाइयो। त्यसकारण, खोप दिन नै बन्द गरेका छौं,’’ चौरासियाले भने।

हाल सरकारसँग ८ लाख डोज जति भरोसेल खोप मौज्दात रहेको महाशाखाले जनाएको छ। चीनबाट पुनः भेरोसेल खोप आउने भनेता पनि कति गतेसम्म आइपुग्ने भनेर पक्का नभइसकेको चौरासियाले बताए।
त्यस्तै, स्वास्थ्य कार्यालय काठमाडौंका लागि पाँच दिन पहिले भेरोसेलको २० हजार डोज खोप सरकारबाट प्राप्त भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले बताए।

उनी भन्छन्,‘‘धेरै संख्यामा भेरोसेल खोप लगाउँन बाँकी नै छ केहि दिन पहिले सरकारले जम्मा २० हजार डोज खोप उपलब्ध गराएको खोप हामीले तोकेका केन्द्रहरुमा १्\२ सयको हाराहारीमा वितरण गरेपनि २ दिनमै सकियो, अब भरोसेल खोप कलिे आउँछ भन्ने टुंगो नै छैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved