शेयर बजार राताम्मे, तेहोरो अंकले घट्यो नेप्से परिसूचक

नेपालभ्युज

शेयर बजार राताम्मे, तेहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार राताम्मे बनेको छ। आज नेप्से परिसूचक तेहोरो अंकले घटेर दुई हजार ८ सय २० दशमलव ४१ विन्दुमा झरेर बजार बन्द भएको छ।

बजार खुलेदेखि नै ओरालो लागेको नेप्से आज सय दशमलव १० अंकले घटेको हो। सोमबार १३ ओटै उपसमूहको परिसूचक घटेका छन् जसमध्ये वित्त, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन कारोबारमा आएका २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार कित्ता शेयर ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरमा खरीदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर शीर्ष स्थानमा रहेको छ। आज अपिको शेयर ३८ करोडभन्दा बढीको कारोबार भएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved