गण्डकीका मुख्यमन्त्रीलाई एमालेको प्रश्नः तपाईंका प्रतिबद्धता सत्ता हत्याउन थिए वा जिम्मेवार बन्न?

ध्यानाकर्षणपत्रमार्फत एमालेले मुख्यमन्त्री पोखरेललाई प्रश्न गरेको छ, ‘के तपाईं हिजोका प्रतिबद्धताप्रति इमान्दार र जवाफदेही हुनुहुन्छ ? के तपाइले नेकपा एमाले संसदीय दलसँग गरेका सम्झौता र वाचा पूरा गर्नुभयो ?’

नेपालभ्युज

गण्डकीका मुख्यमन्त्रीलाई एमालेको प्रश्नः तपाईंका प्रतिबद्धता सत्ता हत्याउन थिए वा जिम्मेवार बन्न?

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई २० बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै विभिन्न प्रश्नहरु गरेको छ।

एमाले गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले मुख्यमन्त्री पोखरेललाई पत्र बुझाउँदै सरकारमा जाने समयमा गरेका प्रतिबद्धताहरु सम्झाएका हुन्।

ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘विगतमा संसद्को रोस्टममा उभिएर यहाँले गरेका तर्कहरु स्मरण गर्नुभएकै होला। तपाईंका प्रतिबद्धताहरु केवल सत्ता हत्याउन मात्रै थिए वा जम्मेवार बन्न पनि थिए भन्ने प्रश्न तपाईं सामु खडा छ।’

पोखरेल नेतृत्वको सरकारको कामले उनका प्रतिबद्धताबारे जवाफ दिएको भए पनि लोकतन्त्रले प्रत्येकलाई उब्जिएका प्रश्नहरुको जवाफ दिन र जवाफदेही हुन सिकाउने भएकाले ध्यानाकर्षणपत्रमा बुझाएको एमालेले जनाएको छ।

ध्यानाकर्षणपत्रमार्फत एमालेले मुख्यमन्त्री पोखरेललाई प्रश्न गरेको छ, ‘के तपाईं हिजोका प्रतिबद्धताप्रति इमान्दार र जवाफदेही हुनुहुन्छ ? के तपाइले नेकपा एमाले संसदीय दलसँग गरेका सम्झौता र वाचा पूरा गर्नुभयो ?’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved