ढाका फिल्म महोत्सवमा दुई नेपाली फिल्मले जिते उत्कृष्ट अवार्ड

नेपालभ्युज

ढाका फिल्म महोत्सवमा दुई नेपाली फिल्मले जिते उत्कृष्ट अवार्ड

काठमाडौं। ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा दुई नेपाली फिल्मले उत्कृष्ट अवार्ड जितेका छन्। आइतबार बंगलादेशको ढाकामा सम्पन्न २० औँ ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘ऐना झ्यालको पुतली’का लागि सुजित बिडारीले उत्कृष्ट निर्देशक र ‘पुतलीको सपना’का लागि किरण पोखरेलले उत्कृष्ट स्क्रिप्ट अवार्ड जितेका हुन्।

महोत्सवमा सहभागी हुन ढाका पुगेका बिडारी र पोखरेल दुवै कोरोना संक्रमित भएर आइसोलेशनमा बसेकाले कार्यक्रममा सहभागी भने हुन पाएनन्। बिडारीले भने, ‘‘हामी संक्रमित भएपछि होटलबाट लाइभ समारोह हेर्‍यौं।”

यसअघि ‘ऐना झ्यालको पुतली’ बुसान फिल्म फेस्टिवलका लागि छानिएको थियो भने ‘पुतलीको सपना’ ढाकाको युरोपका केही ल्याबमा पनि छनोट भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved