टेलिकमको तार चोरी गर्ने पाँच पक्राउ

नेपालभ्युज

टेलिकमको तार चोरी गर्ने पाँच पक्राउ

काठमाडौं। नेपाल प्रहरीले टेलिकमको तार चोरी गर्ने पाँच जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त बालाजु तथा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीबाट खटिएको प्रहरी टोलीले तारकेश्वर नगरपालिका–६ लोलाङ हाइटस्थित पोलमा राखिँदै गरेको तार चोरी गर्ने पाँचलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा बझाङका २३ वर्षीय प्रेमबहादुर बोहरा, कैलालीका २५ वर्षीय नमेश बुढा, कैलालीका २४ वर्षीय गोविन्द साउद, काभ्रेपलाञ्चोकका ३० वर्षीय प्रविन कार्की र गोरखाका १८ वर्षीय एक किशोर रहेका छन्।

उक्त स्थानमा टेलिकमको तार चोरी भएको सूचनाका आधारमा धर्मस्थली र बालाजुबाट खटिएको टोलीले प्रदेश नम्बर ३ –०१–०२३ च।४३०१ नम्बरको हात्ती गाडी जङ्गलतर्फ गइरहेको अवस्थामा उनीहरूलाई टेलिकमको तारसहित पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूसँग तार काट्न प्रयोग गरिएको विभिन्न औजारहरू र एक हजार ४०० मीटर कालो टेलिफोनको तार बरामद गरेको छ। पक्राउ परेका उनीहरूलाई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved