फ्रेन्च लिग वान: रामोसको डेब्यु गोलमा पीएसजीको सानदार जित

नेपालभ्युज

फ्रेन्च लिग वान: रामोसको डेब्यु गोलमा पीएसजीको सानदार जित

एजेन्सी। फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जितेको छ। गएराति भएको खेलमा पीएसजीले रेइम्सलाई ४–० गोल अन्तरले जितेको हो। पीएसजीलाई सानदार जित दिलाउनको लागि मार्को भेराट्टी, सर्जियो रामोस र डानिलो पेरेइराले समान एक–एक गोल गरे। एक गोल भने पीएसजीले उपहार गोल पाएको थियो।
४४औं मिनेटमा मार्को भेराट्टीले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए। ६२औं मिनेटमा रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे। यसै समरमा स्पेनिस क्लब रियल म्याड्रिडबट पिएसजी आएका उनले क्लबका पहिलो गोल गरेका हुन्।
यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २२ खेलबाट ५३ अंक पुगेको छ । पराजित रेइम्स २४ अंक जोडेर १४औं स्थानमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved