इंग्लिस प्रिमियर लिग: लिभरपुल र चेल्सी विजयी, आर्सनल रोकियो

नेपालभ्युज

इंग्लिस प्रिमियर लिग: लिभरपुल र चेल्सी विजयी, आर्सनल रोकियो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ। अवे मैदानमा भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ३–१ ले पराजित गरेको हो।

दोस्रो स्थानको लिभरपुलका लागि ८ औँ मिनेटमा भान डिजेक, ३२ औँ मिनेटमा अक्सलेड–चेम्बरलेन र ८९ औँ मिनेटमा पाएको पेनाल्टीमा फाबिन्होले गोल गरेका हुन्। क्रिष्टल प्यालेसका लागि ५५ औँ मिनेटमा एडुआर्डले एक गोल फर्काएका हुन्।

जितपछि दोस्रो स्थानको लिभरपुलको २२ खेलबाट ४८ अंक भएको छ। उ शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा ९ अंकले पछि रहेको छ।

आइतबार राति भएको खेलमा तेस्रो स्थानको चेल्सीले टोटनह्यामलाई २–० ले पराजित गरेको छ । चेल्सीका लागि हाकिम जियच र थिएगो सिल्भाले गोल गरे । जितपछि तेस्रो स्थानको चेल्सीको २४ खेलबाट ४७ अंक भएको छ।

अरु खेलमा आर्सनल र बर्नलीले गोलरहित तथा लेस्टर सिटी र ब्राइटनले १–१ को बराबरी खेलेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved