मधेश सरकारले नेपालको चुच्‍चे नक्सा राखेर पुन: राजपत्र प्रकाशित गर्यो

मधेश सरकारले नेपालको  चुच्‍चे नक्सा राखेर पुन: राजपत्र प्रकाशित गर्यो

जनकपुधाम। मधेश सरकारले राजपत्रमा प्रकाशित गरेको नेपालको पुरानो नक्सालाई हटाएर नयाँ आधिकारीक नक्सा प्रकाशित गरेको छ।

प्रदेशको नाम र स्थायी राजधानी दुई तिहाइ बहुमतले पारित भएपछि प्रदेश राजपत्रमा प्रकाशित गरिएको सूचनामा नेपालको नयाँ नक्सा (चुच्चे सहितको नक्सा) को ठाउँमा पुरानै नक्सा हुँदा चौतर्फी आलोचना भएको थियो।

मधेश सरकारले आइतबार पुनः नेपालको आधिकारीक नक्सा राखेर राजपत्र प्रकाशित गरेको हो ।

प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले भुलवस हुन गएको प्राविधिक त्रुटि सच्याइएको जानकारीसहित मन्त्रालयले पुनः राजपत्र छापेको जानकारी दिए । झाका अनुसार सबै निकायलाई मधेस प्रदेश नाम कार्यान्वयन गराउन आग्रह गर्दै सरकारले राजपत्रमा प्रकाशित गरेको हो ।

‘प्रस्ताव नम्बर १ मधेस प्रदेश नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भई प्रदेशको नामकरण मधेश प्रदेश कायम भएको व्यहोरा सार्वजनिक लिखित प्रमाणीकरण (कार्यविधि) ऐन, २०७५ को दफा ५ को उपदफा (१) बमोजिम सभामुखबाट प्रमाणीकरण समेत भइसकेकाले सोही ऐनको दफा ५ को उपदफा (२) बमोजिम निर्णय कार्यान्वयनका लागि सूचना प्रकाशित गरिएको छ,’ मधेश प्रदेश सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved