एमालेका युवाले प्रधानमन्त्री देउवा र रेणु यादवको पुत्ला जलाए

नेपालभ्युज

एमालेका युवाले प्रधानमन्त्री देउवा र रेणु यादवको पुत्ला जलाए

जनकपुरधाम। नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवासंघले आज जनकपुरधाममा सरकार विरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र यातायात मन्त्री रेणु यादवको पुत्ला दहन गरेका छन् ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेको तथा हिंसात्मक अभिव्यक्ति दिएकी मन्त्री यादवलाई सरकारले बर्खास्त गर्न नचाहेको भन्दै युवा संघले पुतला दहन गरेका हुन्।

राष्ट्रिय युवा संघ, अनेरास्ववियु र अखिल नेपाल पिछडा वर्गले जनकपुरधामको रेल्वे स्टेशनबाट निकालेको जुलुसले नगरका विभिन्न भागको परिक्रमा गरी जनक चौकमा पुगेर पुतला दहन गरेका थिए ।

प्रधानमन्त्रीले मन्त्री यादवलाई नहटाएको भन्दै उनीहरूले नारावाजी पनि गरेका छन् । उनीहरूले मन्त्री यादवलाई बर्खास्त गर्नुपर्ने, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, स्थानीय चुनावको मिति तोक्नुपर्ने लगायतका माग गरेका छन् । हिंसात्मक अभिव्यक्ति दिएकी मन्त्री यादवलाई प्रधानमन्त्रीले बर्खास्त नगरे थप आन्दोलन गर्ने समेत उनीहरूले चेतावनी दिएका छन् ।

गत बुधबार बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा भएको सभामा मन्त्री यादवले हिंसात्मक अभिव्यक्ति दिएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved