धनगढी उपमहानगरपालिकालाई ३० हजार थान सर्जिकल मास्क हस्तान्तरण

उपमहानगरपालिका भित्र अनिवार्य मास्क अभियान अन्तर्गत सम्पूर्ण नागरिकलाई मास्कको उचित प्रयोग गर्न आग्रह गर्दै मेयर वडले प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्न नगरबासीहरुलाई आग्रह समेत गरे।

नेपालभ्युज

धनगढी उपमहानगरपालिकालाई ३० हजार थान सर्जिकल मास्क हस्तान्तरण

कैलाली। रोटरी क्लब अफ धनगढीले कोभिड–१९ बाट बच्न ‘अनिवार्य मास्क लगाउ’ भन्ने उद्देश्यले धनगढी उपमहानगरपालिकालाई ३० हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ।

क्लबका अध्यक्ष दीपक उपाध्यायले उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई मास्क हस्तान्तरण गरेका छन्। मास्क हस्तान्तरण गर्दै अध्यक्ष उपाध्यायले बढ्दो कोभिड–१९ बाट बच्न ‘अनिवार्य मास्क लगाउ’ भन्ने उद्देश्यका साथ क्लबले उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी, सरसफाइकर्मी लगायतका लागि मास्क हस्तान्तरण गरेको बताए।

मेयर वडले रोटरी क्लबले पहिलो तथा दोश्रो कोभिड–१९ महामारीका बेला धेरै मानवीय सेवा गरेको स्मरण गर्दै तेश्रो लहरमा समेत अग्रपंक्तिमा रही कार्य गर्दै आइरहेकोमा प्रशंसा गरे।

उपमहानगरपालिका भित्र अनिवार्य मास्क अभियान अन्तर्गत सम्पूर्ण नागरिकलाई मास्कको उचित प्रयोग गर्न आग्रह गर्दै मेयर वडले प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्न नगरबासीहरुलाई आग्रह समेत गरे।

मास्क हस्तान्तरण कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष प्रकाशचन्द्र भट्ट, उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहरा लगायतको सहभागिता रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved