सुनाकोठीको मन्दिरबाट बालकुमारीको मूर्ति चोरी (भिडियो)

नेपालभ्युज

सुनाकोठीको मन्दिरबाट बालकुमारीको मूर्ति चोरी (भिडियो)

काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट शनिबार राती मूर्ति चोरी भएको छ। आइतबार बिहान ४ बजे नित्य पूजा गर्न पुजारी मन्दिर जाँदा मन्दिरका सबै ताल्चा खुल्ला रहेकाे तर मूर्ति हराएको देखेपछि  पुजारीले स्थानीयलाई हार–गुहार गरेका थिए।

“हिजो मन्दिरमा नवदुर्गाको भोज थियो। १० बजेसम्म स्थानीय यहीँ थिए र त्यसबेलासम्म मूर्ति थियो”, मन्दिर परिसरमा भेटिएकी स्थानीय महेश्वरी महर्जनले भनिन्,  मूर्ति दुई फिट अग्लो र डेढ फिट चौँडा थियो।”


महर्जनका अनुसार, मूर्ति भएको ठाउँसम्म पुग्न आठ ओटा ताल्चा पार गर्नुपर्ने थियो । “ती सबै ताला खुल्ला थियो। भित्र गएर हेर्दा बालकुमारीको मूर्ति नै थिएन”, उनले भनिन् ।
शदियौँदेखि पुज्दै आएको माता मन्दिरबाट चोरी हुदाँँ अभिभावकबिहीन भएजस्तै लागेको उनले बताइन् । उनले भनिन्, “चोरी भएको मूर्ति कहिलेको हो, कसैलाई पनि थाहा छैन । बीचमा बालकुमारी आमा र दायाँ–बायाँ ६–६ ओटा सन्तानको मूर्ति थियो, आमाको मूर्ति मात्र छैन ।”

दुई वर्षअघि मात्र मातालाई चाँदीको कपडा लगाइदिएको उनले बताइन् । उनले भनिन्, “मूर्ती केबाट बनेको हो भन्ने थाह छैन । धातुको भए त्यति गह्रौ नहुनुपर्ने, दुई जनाले उचाल्नै मुश्किल पर्थ्यो, सुनका गरगहना पनि लगाइएको थियो । त्यो सबै चोरी भयो ।”

अहिले स्थानीय मूर्ति खोजी छानबीन गरी पत्ता लगाउन माग गर्दै प्रहरीसहित विभिन्न ठाउँमा भौतारिइरहेको पनि बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved