अफगानिस्तानमा भ्यानमा विस्फोट, ७ जनाको मृत्यु

नेपालभ्युज

अफगानिस्तानमा भ्यानमा विस्फोट, ७ जनाको मृत्यु
फाइल फोटो

काठमाडौं। अफगानिस्तानको हेरान्त प्रान्तमा शक्तिशाली विस्फोट हुँदा कम्तीमा साता जनाको मृत्यु भएको छ। शनिबार साँझ भएको सो विस्फोटमा अन्य सात जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको हेरातका गुप्तचर अधिकारीहरूले बताएका छन्।

एउटा भ्यानको इन्धन राख्ने ट्यांकीमा विस्फोट गराइएको थियो । आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन।

सार्वजनिक यातायात सेवाका लागि प्रयोग हुने एउटा सानो भ्यानमा विस्फोट गराइएको थियो। मृत्यु हुनेमा चार जना महिला रहेको हेरात प्रान्तीय अस्पतालका एक अधिकारीले बताएका छन्। विस्फोटको जिम्मा कुनै पनि समूहले लिएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved