एसईई आगामी बैशाखमा गर्ने तयारी

नेपालभ्युज

एसईई आगामी बैशाखमा गर्ने तयारी

काठमाडौं। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी बैशाखमा गर्ने तयारी छ। राष्ट्रिय परीक्षा बोर्डले आगामी बैशाखको पहिलो साता परीक्षा गर्ने तयारी गरेको स्पष्ट पारेको छ।
आगामी बैशाखको सुरुमा परीक्षा सञ्चालन हुने बताउँदै बोर्डले परीक्षा तालिका केही दिनभित्रै सार्वजनिक गर्ने जानकारी दिएको छ। कोरोनाका कारण शैक्षिक सत्र केही ढिला सुरु भएकाले पनि परीक्षा सारिएको बोर्डको भनाइ छ।

आगामी चैतमा शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदका लागि लिखित परीक्षा सञ्चालन गर्न लागेकाले एसईई केही पछि सार्नु परेको जनाइएको छ।
विगतमा मंसिरमा परीक्षा तालिका सार्वजनिक गरी चैतमा परीक्षा सञ्चालन गरिन्थ्यो। कोभिड–१९ का कारण गएका दुई वर्षमा बोर्डले परीक्षा सञ्चालन हुन सकेन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved