प्रिमियर लिग: म्यानचेस्टर सिटीको विजयी यात्रामा अवरोध

नेपालभ्युज

प्रिमियर लिग: म्यानचेस्टर सिटीको विजयी यात्रामा अवरोध

काठमाडौं। प्रिमियर लिगमा म्यानचेस्टर सिटीले साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ । यससँगै शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले अक्टोबर यता पहिलोपटक अङ्क गुमाएको छ। यसअघि सिटीले लगातार १२ खेलमा जित हासिल गर्दै शीर्ष स्थानमा फराकिलो अग्रता बनाउन सफल भएको थियो ।

कायल वार्कर पिटर्सले खेलको सातौँ मिनेटमा नै साउथह्याम्पटकलाई अप्रत्यासित अग्रता दिलाएका थिए। दोस्रो हाफमा केभिन डि ब्रुयनाको पासमा एमरिक लपोर्टेले गोल गर्दै खेल बराबरी गरे। डि ब्रुयना, रोड्री र ग्याब्रियल जिसुसको प्रहार पोष्टमा लाग्न पुगेपछि थप गोल हुन सकेन।
२३ खेलपछि सिटी ५७ अङ्कसहित लिगको शीर्ष स्थानमा रहेको छ। उता, वेस्ट ह्यामविरुद्ध जीत निकाल्दै म्यानचेस्टर युनाइटेड लिगको चौथो स्थानमा उक्लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved