विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन राप्रपालाई निर्वाचन आयोगको निर्देशन

झन्डामा गाई चिन्ह पनि प्रयोग गर्न नपाइने ।

नेपालभ्युज

विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन राप्रपालाई निर्वाचन आयोगको निर्देशन
फाइल तस्वीर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दू राष्ट्र र राजसंस्था शब्द हटाउन आदेश दिदैं पत्र पठाएको छ। झन्डामा गाईको प्रयोग नगर्न पनि निर्देशन दिइएको छ। हिन्दू राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको मान्यता नेपालको संविधानको भावनाको प्रतिकुल रहेको आयोगको पत्रमा उल्लेख छ।

‘‘विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित ‘सनातन हिन्दुराष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धी गर्न र कायम गर्न’ भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवंम् भावनाको प्रतिकुल देखिएकाले सो वाक्याशं हटाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुकुल हुनेगरी उल्लेख गर्नुहुन,’’ आयोगले २ माघमा काटेको ८ बुँदे पत्रको पहिलो बुँदामा उल्लेख छ। आयोगले ७ दिनभित्र संशोधित विधान र नियमावली पेश गर्न पनि आदेश दिएको छ।

त्यसैगरी झन्डामा प्रयोग भएको गाई चिन्ह पनि हटाउन भनिएको छ। ‘‘नेपालको राष्ट्रिय झन्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रंग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा राष्ट्रिय पहिचान भएका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने र कुनै राजनीतिक दललाई प्रदान गरिसकिएको भए सोको पुनरावलोकन गर्ने भन्ने आयोगबाट मिति २०७७\१०\०७ मा निर्णय भएकाले विधानको धारा ४ (क) मा उल्लेखित ‘झन्डाको मध्य भागमा गाई चिन्ह भएको’ भन्ने वाक्यांश हटाई सोही बमोजिम अनुसूचीमा समेत उल्लेख गर्नुहुन,’’ पत्रको बुँदा नम्बर ४ मा भनिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved