मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै युवा संघद्वारा रौतहटमा प्रदर्शन

नेपालभ्युज

मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै युवा संघद्वारा रौतहटमा प्रदर्शन

गौर । रौतहट सदरमुकाम गौरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुत्ला जलाइएको छ। हिंसा भड्काउने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवको बर्खास्ती माग गर्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघले रौतहट सदरमुकाम गौरमा प्रदर्शन गरेको छ।

संघको केन्द्रीय सदस्य निवेश यादवको नेतृत्वमा सयौं युवाहरु सडकमा उत्रिएर नाराबाजी सहित प्रदर्शन गरेका छन्। एमाले पार्टी कार्यालयबाट सुरु भएको र्याली विपी चोकमा गएर कोणसभामा परिणत भएको थियो। प्रदर्शनको नेतृत्व गरेका एमाले जिल्ला सदस्य समेत रहेका संघका केन्द्रीय सदस्य यादवले तत्काल मन्त्री रेणुलाई बर्खास्त गर्न माग गरे।

साथै, गौर हत्याकाण्डको फाइल पुन: खोलेर दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। युवा नेताहरु मुन्ना कुमार यादव, बालाशंकर कुश्वहालगायतले प्रदर्शनको अगुवाई गरेका थिए। ५ माघमा मन्त्री यादवले पुन: गौर हत्याकाण्ड गराइदिने भन्दै हिंसा भड्किने अभिव्यक्ति दिएपछि संघले मधेशभर प्रदर्शन गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved