मन्त्री रेणु यादवको अभिव्यक्ति अपराध हो : कांग्रेस नेता पौडेल

नेपालभ्युज

मन्त्री रेणु यादवको अभिव्यक्ति अपराध हो : कांग्रेस नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पनि संघीय मन्त्री रेणु यादवको अभिव्यक्ति पदीय मर्यादाबाहिरको रहेको लेखेका छन्। शनिबार एक ट्वीट गर्दै नेता पौडेलले फरक मत र विचार राख्ने अधिकार सबैलाई भए पनि शैली मर्यादित हुनुपर्ने उल्लेख गरे।

हिंसालाई प्रोत्साहन दिने,द्वन्द्व निम्त्याउने अभिव्यक्ति सामाजिक र कानुनी रूपमा अपराध हुने उनले लेखेका छन्।

संघीय सरकारकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवले रौतहटको गौरमा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लक्षित गर्दै हिंसा भड्काउने अभिव्यक्ति दिएकी थिइन्।

उनको उक्त अभिव्यक्तिप्रति नेताहरूले विरोध जनाउँदै आइरहेका छन्। आज कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले त मन्त्री यादवलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह नै गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved