टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालभ्युज

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सांकेतिक तस्वीर।

सर्लाही। सर्लाहीको बागमतीमा शुक्रवार राती टिप्परको ठक्करबाट एक युवको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिवन नगरपालिका—५,का पन्च सिंह बम्जनका ३५ पर्षे छोरा सुनिल बम्जन रहेका छन्।

राति करीब ७ बजेतिर पश्चिमबाट पूर्वतर्फ बा ८४ प ५९०८ नम्बरको मोटरसाइकलमा आउँदै गरेका बम्जनलाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख ८३०० नम्बरको टिप्परले ठक्कर दिएको थियो।

दुर्घटनापछि बम्जनलाई उपचारका लागि रौतहटको चन्द्रपुरस्थित चन्द्रपुर अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

बम्जनलाई ठक्कर दिने टिप्पर र चालक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved