प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएकै छैन : सरकारका प्रवक्ता

नेपालभ्युज

प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएकै छैन : सरकारका प्रवक्ता

काठमाडौं। सञ्चार तथा सूचनामन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक नबोलाएको बताएका छन्।

प्रधानमन्त्री देउवाले आज सर्वदलीय बैठक बोलाएको समाचार आएपछि प्रवक्ता कार्कीले बैठक नडाकिएको प्रष्ट्याएका हुन्।

सर्वदलीय बैठक बोलाएको समाचार सार्वजनिक भएपछि नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जालमार्फत सर्वदलीय बैठकबारे एमालेलाई कुनै जानकारी नभएको जनाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved