कोरोना संक्रमितले के खाने के नखाने ?

संक्रमितलाई श्वासप्रश्वासमा समस्या भए खानेकुरा खाएर निको हुन्छ भन्नु भ्रम मात्र हो। खानेकुरा खुवाएर श्वासप्रश्वासको समस्या कम हुँदैन। यस्तो अवस्थामा तत्काल अस्पताल लैजानुपर्छ।

कोरोना संक्रमितले के खाने के नखाने ?

काठमाडौं। अहिले दैनिक दश हजार बढी कोरोना संक्रमणको शिकार भएका छन्। कोरोना संक्रमणलाई परास्त गर्न खानेकुराले सहयोगी भूमिका निर्वाह गर्छ।

कोरोना संक्रमणलाई जित्न स्वस्थ्यकर खानेकुरा खानुपर्छ। स्वस्थ्यकर खानेकुरा भन्नाले दैनिक मासु खाने भनेको होइन्। घरमा सहज पाक्ने खानेकुरा खानुपर्छ। सकेसम्म ताजा खानेकुरा खानुपर्छ।
हामिले साधा खाना दाल भात तरकारी अचार दही दूध खानुपर्छ। संक्रमित व्यक्तिले घरमै बनेका पोसिलो खाना दिनको चारपटक खानुपर्छ।

संक्रमितले धेरै चिल्लोभएको तारेको खानेकुरा, मसालेदार खानेकुरा र बजारमा तयार पारिएको प्याङिक खानेकुरा खानुहुदैँन। यस्ता खानेकुरा स्वादिलो भएपनि पौष्ट्रिक तत्वहिन हुन्छन्। संक्रमित व्यक्तिको स्वास्थ्य सहज भए खानेकुरा बार्नुपर्दैन। यो समयमा सकेसम्म झोलिलो र पोषिलो खानेकुरामा विशेष जोड दिनुपर्छ।

घरमै बनेको स्वस्थकर खानेकुरा जोड दिनुपर्छ। संक्रमितले हरिया सागपात तथा फलफुल प्रशस्त खानुपर्छ। झोलिलो खानेकुरामा बढी जोड दिनुपर्छ। टुसा उमारिएका गेडागुडी र दालको तातो सुप पिउनुपर्छ। सुप खाने नाममा चाउचाउको सुप भने खानु हुदैँन।

नियमित दही खाएमा पाचन प्रणाली राम्रो हुन्छ। यस्तो अवस्थामा बिरामीलाई धेरै खान मन लाग्दैन। त्यसैले बेला बेलामा थोरै थोरै खानेकुरा मिलाएर खानुपर्छ। शरीरमा पानीको कमी (डिहाइड्रेसन) हुन नदिन झोलिलो खानेकुराको साथै पानी पिउनुपर्छ। अमला, कागती, अम्बा, सुन्तला स्याउ लगायतका फलफुलहरु पनि खाइरहनुपर्छ।

कोरोना संक्रमण भएको व्यक्तिले दैनिक अमला र कागती पानी खानुपर्छ। यसमा पर्याप्त मात्रामा भिटामिन सि हुन्छ। यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। भिटामिन ‘सी’ शरीरले आफैं उत्पादन गर्न सक्दैन। रोगसँग लड्न नयाँ कोषहरू बनाउन हरेक दिन भिटामिन ‘सी’ आवश्यक पर्छ। त्यसैले दैनिक भिटामिन सि युक्त खानेकुरा खानुपर्छ।

कागती, अमला, लप्सी भिटामिन प्रचुर मात्रामा भिटामिन सी पाइन्छ। त्यसबाहेक प्रायः सबै फलफूलमा धेरथोर भिटामिन सी पाइन्छ। धेरैजसो व्यक्तिलाई अमलालाई बेवास्ता गर्छन्। अमला सस्तो मुल्यमा पाइने गुणकारी फल हो। फलफूल भनेर महगाँ खानुपर्छ भन्ने हुदैँन सस्ता फलफुल पनि हाम्रो स्वास्थयका लागी हितकारी हुन्छन्।

टुसा उमारेको केराउ, चनामा पनि पर्याप्त भिटामिन ‘सी’ पाइन्छ। यिनलाई काँचै खाँदा प्रोटिन, लौहतत्व र भिटामिन सि पाइन्छ। यसले रोगसँग लड्ने शक्ति प्रदान गर्छ। गाउँघरमा सजिलै पाइने आलस, फर्सीको बियाँ, सूर्यमुखी फूलको बियाँ पनि सूक्ष्म पौष्टिक तत्वका भण्डार हुन्। दिनदिनै अलि–अलि प्रयोग गर्दा यी पदार्थले शरीरमा रोग–प्रतिरोधात्मक शक्ति बढाउँछन्।

स्वस्थकर खाना खाएर मात्र हुँदैन। खाना पचाउनका लागि घरभित्रै योग तथा व्यायाम पनि एकदमै जरुरी छ। दैनिक बिहान कम्तिमा आधा घण्टा एक्सरसाइज गर्नुपर्छ। योगका विभिन्न आसन गर्नाले श्वास प्रश्वासमा सहज हुन्छ।

यदि संक्रमिलाई श्वासप्रश्वासमा समस्या भए खानेकुरा खाएर निको हुन्छ भन्नु भ्रम मात्र हो। खानेकुरा खुवाएर श्वासप्रश्वासको समस्या कम हुँदैन। यस्तो अवस्थामा तत्काल अस्पताल लैजानुपर्छ। संक्रमितलाई धेरै ज्वरो आएमा पनि अस्पताल लैजानुपर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved