हिमालयन शेर्पालाई पेनाल्टी सुटआउटमा हराउँदै पुलिस क्वार्टरफाइनलमा

नेपालभ्युज

हिमालयन शेर्पालाई पेनाल्टी सुटआउटमा हराउँदै पुलिस क्वार्टरफाइनलमा

पोखरा। नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ।

आज पोखरा रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै पुलिस क्वार्टर-फाइनलमा पुगेको हो।

खेलको निर्धारित ९० मिनेट एक-एक गोलको बराबरीपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन सकेन। खेल पेनाल्टी सुटआउटमा पुग्यो। अब पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ। यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २-० गोलले हराउँदै एपीएफ क्वार्टर–फाइनलमा प्रवेश गरिसकेको छ।

प्रतियोगितामा १० टोली सहभागी छन्। प्रतियोगिताको विजेताले १० लाख १ हजार रुपैयाँ र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved