नेपाली कांग्रेस (बीपी)ले राष्ट्रिय अभियान सञ्चालन गर्दै

नेपालभ्युज

काठमाडौं । नेपाली कांग्रेस (बीपी)ले यही माघ ७ गतेदेखि फागुन ७ गतेसम्म सातै प्रदेशमा एक महिने राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ। यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपसभापति पुष्पराज पराजुलीले राष्ट्र र राष्ट्रियता बचाउने उद्देश्यले गर्न लागेको अभियानमा आगामी फागुन ७ गते सातै प्रदेशमा सभा गर्ने जानकारी दिए। अहिले नेतृत्वमा रहेका नेता देशप्रति गम्भीर नभएकाले भ्रष्टाचार बढेको तथा सीमा अतिक्रमण भएकाले राष्ट्रिय एकतालाई बलियो बनाउन अभियान गर्न लागेको बताए।

पार्टी नेता गोबिन्दप्रसाद शर्माले विपीले गरेको समाजवादको परिकल्पना पूरा गर्न राष्ट्रियता र प्रजातन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिए। उनले नेपाली भू–भाग लिपुलेकमा अनुमति नलिई बाटो बनाउने काम गलत भएकाले यसलाई रोक्न माग गरे।

अभियानअन्तर्गत देशमा राष्ट्रिय जागरण ल्याउन सबै जिल्लामा पुगेर जनताको घरदैलो कार्यक्रम गरी देशको समसामयिक अवस्था, बेथिति, भ्रष्टाचारबारे जनचेतना फैलाइने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved