पाकिस्तानमा दैनिक कोरोना संक्रमित संख्या अहिलेसम्मकै उच्च

नेपालभ्युज

पाकिस्तानमा दैनिक कोरोना संक्रमित संख्या अहिलेसम्मकै उच्च

पाकिस्तानमा दैनिक संक्रमित संख्या सबैभन्दा धेरै भएको छ।

पछिल्लो एक दिनमा अहिलेसम्मकै सबैभन्दा सात हजार ६७८ नयाँ संक्रमित थपिएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। यो संख्या सन् २०२० मा महामारी फैलिएदेखि अहिलेसम्मकै सबैभन्दा धेरै भएको सरकारी अधिकारीहरूको भनाइ छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाकै कारणले २३ जनाको मृत्यु भएको पनि पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म कुल २९ हजार ६५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved