संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई ३२ लाख अमेरिकी डलर नगद सहायता प्रदान गर्ने

नेपालभ्युज

संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई ३२ लाख अमेरिकी डलर नगद सहायता प्रदान गर्ने

एजेन्सी। संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई बिहीबार तीन करोड २० लाख अमेरिकी डलर मानवीय सहायता प्रदान गरेको छ। सहायता रकम अफगानिस्तान इन्टरनेशनल बैंक (एआइबी)मार्फत् तालिवान सरकारलाई दिइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

अफगानिस्तानको केन्द्रीय बैंक, डा अफगानिस्तान बैंकले अफगानिस्तानलाई संयुक्त राष्ट्रसंघीय सहायता आइरहेको र उनीहरूले तीन करोड २० लाख अमेरिकी डलर नगद प्राप्त गरेको यहाँको समाचार संस्था खामा प्रेसले अधिकारीहरूलाई उद्धृत उल्लेख गरेको छ।

तालिवान सरकारले सहयोगहरूको खाँचो देखिएमा मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने सबै मानवीय सहयोग स्वीकार गर्ने बताएको छ। उक्त सहायता रकम संयुक्त राष्ट्रसंघले सन् २०२२ मार्चसम्म साप्ताहिक रूपमा अफगानिस्तानलाई उपलब्ध गराउने भनेको तीन करोड अमेरिकी डलर सहयोग कार्यक्रमको एक भाग हो।

तालिबानले अगस्त १५ मा काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि अफगानिस्तानमा आर्थिक, मानवीय र सुरक्षा संकट गहिरो बन्दै गएको छ।

तालिवान समूहले अफगानिस्तानको सत्ता आफ्नो नियन्त्रणमा लिएसँगै अमेरिका तथा यूरोपेली मुलुकहरूले विदेशमा रहेको अफगानिस्तानी सम्पत्ती रोकेपछि वैदेशिक सहायतामा आश्रित अफगानी अर्थतन्त्र सङ्कटग्रस्त बनेको बताइँदै आएको छ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा विभिन्न अन्तर्राष्ट्रिय समुदायले अफगान जनतालाई सङ्कटमा विभिन्न सहयोग गर्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved