जोर-बिजोर प्रणाली उपयुक्त होइन : यातायात व्यवसायी

नेपालभ्युज

जोर-बिजोर प्रणाली उपयुक्त होइन : यातायात व्यवसायी

काठमाडौं। यातायात व्यवसायीहरूले सवारी साधनमा जोर/बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन्।.

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरूसँग सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको थियो। छलफलका क्रममा यातायात व्यवसायीहरूले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन्।

बरु सवारी साधन कम चलेमा यातायातका साधनमा यात्रुहरूको भीड हुने भन्दै व्यवसायी जोर बिजोर प्रणालीको विपक्षमा रहेका हुन्। यद्यपि सरकारले गरेको निर्णय आफूहरूले मान्ने व्यवसायीको भनाई छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी साधनमा जोरबिजोर प्रणाली नगर्दा प्रभावकारी हुने सुझाव दिएको बताए। सार्वजनिक सवारीको साँटो निजी सवारी साधनलाई रोक्नुपर्ने उनको भनाई छ।

जोर-बिजोर चल्दा सवारी साधन कम चल्ने र यात्रुको भीड बढ्ने उनले बताए। यो प्रणालीले सवारी साधन जरिवानाको निशानामा पर्ने उनले बताए। त्यसैगरी व्यवसायीले ट्याक्सी र पर्यटकीय बसलाई पनि जोर-बिजोर लागू गर्न नहुने सुझाव दिएको महासचिव सिटौलाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved