डिशहोमको अफरः ८९९ रुपैयाँमा १०० एमबीपीएस इन्टरनेट

नेपालभ्युज

डिशहोमको अफरः ८९९ रुपैयाँमा १०० एमबीपीएस इन्टरनेट

काठमाडौं। छोटो समयमा नै देशभर इन्टरनेट विस्तारमा अग्रसर भइरहेको डिश होमले सस्तो मूल्यमा उच्चगतिको इन्टरनेट प्रदान गर्दै आइरहेको छ। यसैक्रममा कम्पनीले मासिक ८९९ रूपैयाँमा १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराएको छ।

डिशहोमले  केही समयदेखि विभिन्न योजनाहरूमार्फत बजारमा आक्रामक उपस्थिति जनाइरहेको छ।

यस अफर अन्तर्गत ८९९ रूपैयाँमा १ महीना, २ हजार ६९७ रूपैयाँमा ३ महीना, ५ हजार ३९४ ६ महीना र १० हजार ७८८ रुपैयाँमा १२ महीना अवधिको डिशहोम फाइबरनेट पाइने छ।

यसमा ५ गिगाहर्जको डुअल ब्याण्ड राउटर पनि उपलब्ध हुनेछ। इन्टरनेट जडानका लागि नजिकको डिशहोम डिलर दाईलाई सम्पर्क गर्न सकिने वा पैसा नलाग्ने टल फ्रि नम्बरमा पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved