९ घण्टापछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक

नेपालभ्युज

९ घण्टापछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक
प्रतिकात्मक फोटो

चितवन। पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले बिहान ११:३० बजेदेखि पुनः सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो।

नारायणगढ – मुग्लिन सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यकाअनुसार राति देखि नै पहिरो पन्छाउने काम थालिएको थियो। तीनवटा एक्साभेटर र एउटा लोडर पहिरो पन्छाउन प्रयोग गरिएको थियो।

सडकको ३० मिटर भाग पहिरोले ढाकेको उनले जानकारी दिए। झण्डै ३० मिटर सडक माथिबाट पहिरो खसेको उनले बताए। सडकको पहिरो पन्छाएसँगै यातायात सञ्चालनमा आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved