पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नेपालभ्युज

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
फाइल तश्वीर

चितवन। नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका ६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो ।

पहिराका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयकाअनुसार पहिरो पन्छाउन करीब तीन घण्टा लाग्ने छ । पहिराका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved