ट्रक र मोटरसाइकल ठोक्किँदा घानामा १७ जनाको मृत्यु, ५९ घाइते

नेपालभ्युज

ट्रक र मोटरसाइकल ठोक्किँदा घानामा १७ जनाको मृत्यु, ५९ घाइते

काठमाडौं। विस्फोटक पदार्थ बोकेको एक ट्रक मोटरसाइकलसँग ठोक्किँदा भएको दुर्घटनामा परी अफ्रिकी मुलुक घानामा १७ जनाको मृत्यु भएको छ। घटनामा परी ५९ जना घाइते भएको अलजजिराले जनाएको छ।
खानीका लागि विस्फोटक पदार्थ लिएर पश्चिमी घानामा गइरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको थियो। बिहीबार उक्त घटनापछि त्यस क्षेत्रको फोटो र भिडियो सामाजिक सञ्जालमा देखिएका छन्। घटना भएको स्थानका घरहरू भत्किएको र छानाहरू खसेको फोटोमा देख्न सकिन्छ।
त्यहाँको प्रहरीले प्रारम्भिक अनुसन्धानमा विस्फोटक पदार्थकै कारण दुर्घटना भएको जनाएको छ। त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन सङ्गठनका निमित्त निर्देशक सेजी सजी अमेडोनुले घटनामा ५०० बढी घरहरू ध्वस्त भएको बताएका छन्। घटनाबारे थप जानकारी आइसकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved