आर्सनललाई पराजित गर्दै लिभरपुल लिग कपको फाइनलमा

नेपालभ्युज

आर्सनललाई पराजित गर्दै लिभरपुल लिग कपको फाइनलमा

काठमाडौं। लिगकप (कार्वाओकप) फुटबलमा लिभरपुलले आर्सनललाई २–० ले पराजित गर्दै फाइनलमा पुगेको छ। बिहीबार राति भएको दोस्रो लेगमा लिभरपुलका लागि डियोगो जोटाको दुई गोलमा लिभरपुल फाइनलमा पुगेको हो।

डियोगो जोटाले आर्सनलविरुद्ध दुबै गोल गर्दा फाइनलमा लिभरपुलले चेल्सीसँगको भेट पक्का गर्‍यो। लिभरपुलले २०१६ पछि लिगकपको फाइनलमा स्थान बनाएको हो। लिभरपुल ५ वर्षअघि सिटीसँग फाइनलमा पराजित भएको थियो।

प्रतियोगिताको फाइनल २७ फेब्रुअरीमा वेम्बलीमा हुने छ। उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने छन्। चेल्सीले टोटेनेह्यामलाई समग्रमा ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved